कांग्रेस महाधिवेन : कुन-कुन पदको हुँदैछ मतगणना ?
काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको विभिन्न पदको मतगणना सोमबार हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतगणना प्रक्रियाअन्तर्गत बाँकी रहेका पदहरूको गणना सोमबार दिउँसो सुरु हुने छ । सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना हुनेछ ।
