भोटेकोसी बाढीमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई रेडक्रसले १ लाख दिने
काठमाण्डु– नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सहयोग घोषणा गरेका हुन्।
