नारायणी नदीको जोखिम बढेको भन्दै रवि लामिछानेलाई व्यवसायीले गराए ध्यानाकर्षण
काठमाण्डु– चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।
