चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो, १३५ किमि प्रतिघण्टाको वेगमा हावा चल्दै
चेन्नई- बंगालको खाडीबाट विकसित चक्रवाती तूफान ‘अर्नब’ मंगलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ। चक्रवातको प्रभावले तटीय क्षेत्रमा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलिरहेको छ भने भारी वर्षा भइरहेको छ। यो चक्रावतको प्रभावले नेपालमा पनि अबको तीन दिन भारी वर्षात् हुने अनुमान गरिएको छ।
