सीमापार विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई ढोका खुल्यो, सरकारले दियो आशयपत्र
काठमाण्डु – नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ।
