श्रीलंकन विकेटकिपर सदिरा पोखराबाट एनपीएल खेल्ने
काठमाण्डु- श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा खेल्ने भएका छन् । पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समिराविक्रमाको आगमनले पोखरालाई ब्याटिङ र विकेटकिपिङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ ।
