SHARE
प्रदेश खबर · मङगलबार २० असो २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

बोका किन्दा १९ हजारको नक्कली नोट, ओखलढुंगामा दुई जना पक्राउ

ओखलढुंगा :  बोका खरिद गर्ने क्रममा १९ हजार रुपैयाँ नक्कली नोट दिएको आरोपमा ओखलढुंगामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–४ का २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री छन्।