युवाबाट कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै दन्त चिकित्साकी विद्यार्थी सिटौला
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् ।
