विश्व लगानीकर्ता सप्ताहको अवसरमा ३ शहरमा प्रभातफेरी
काठमाण्डु – विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा देशका ३ प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन सोमबार पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो ।
