गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी
एजेन्सी– इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ । आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन एकाइका सदस्य महमुद इब्राहिम दिब अल्यान र हमाससँग सम्बन्धित गतिविधिमा संलग्न साकर नाबिल मुसा कैसी रहेका छन् ।
