रवि र अस्ट्रेलियाका राजदूतबीच दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्टबीच छलफल भएको छ। सोमबार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित, सहकार्य र सम्बन्ध विस्तारका विषयमा विचार आदानप्रदान भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ।
