विमानस्थल आसपास चङ्गा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको आग्रह
काठमाण्डु – दशैं लगायतका चाडपर्व सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गतिविधि बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चङ्गा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ ।
