SHARE
रेडियो मायादेवी · बुधबार ३२ असार २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

भान्सामा सर्पले टोकेपछि खोज्दै जाँदा २३ वटा कोब्रा भेटिए

असार ३२ गतेबुटवल । रुपन्देहीको तिलोत्तमा–५ प्रेमनगरस्थित एकै घरबाट २३ वटा विषालु ‘कमन कोब्रा’का बच्चा उद्धार गरिएको छ। सर्प उद्धारकर्ताको टोलीले डिलराम अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको हो। असार २२ गते अर्याललाई आफ्नै भान्साकोठामा सर्पले डस्यो। तत्कालै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएका उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी