SHARE
रेडियो मायादेवी · बिहीबार १ साउन २०८२ ११:३० AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा सर्पले डस्दा बालिकाको मृत्यु

तौलिहवा ९कपिलवस्तु०, साउन १ गते । जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो ।घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी