राष्ट्रियसभाले १४५ दिनमा ५२ बैठक बसेर के के काम गर्यो ?
काठमाण्डु- राष्ट्रियसभाको २१औँ अधिवेशन १४५ दिनमा ५२ वटा बैठक र ९८ घण्टा १० मिनेट सभा सञ्चालन गर्दै शुक्रबार सकिएको छ। अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिएको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म सञ्चालन भएको थियो। अधिवेशन अवधिमा ४० वटा बैठकमा शून्य समय सञ्चालन भएको थियो।
