सुरक्षा निकायलाई पनि एलपीजी वितरण गर्न अनुमति दिने तयारी
काठमाण्डु – सरकारले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि एलपिजीको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन् ।
