ऋण असुलीबाट धमाधम बचत फिर्ता, समस्याग्रस्त ४ सहकारीका २२३ बचतकर्ताले पाए रकम
काठमाण्डु- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारी संस्थाका २२३ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा उनीहरूको रकम फिर्ता गरिएको हो। समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाटै सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको समितिले जनाएको छ।
