SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

विद्युत् दुर्घटनामा गम्भीर घाइते तामाङलाई प्राधिकरणले १७ लाख ७८ हजार सहयोग गर्ने

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५ सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी