नापी कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाण्डुका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको छ । पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
