अमेरिकाले नेपाल प्रहरीलाई दियो डीएनए परीक्षणका लागि आवश्यक सामग्री
काठमाण्डु– अमेरिकी दूतावासका क्षेत्रीय सुरक्षा अधिकारी विल भनले नेपाल प्रहरीलाई डीएनए परीक्षणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । नेपालको र्यापिड डीएनए प्रणालीलाई सहयोग पुर्याउन अमेरिकाले उपलब्ध गराएको १० लाख अमेरिकी डलर बराबरको सहयोगअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।
