‘सरकारसँग शासकीय कौशल छैन, प्रधानमन्त्री अहंकार र हुकुमी दम्भ देखाउँदैछन्’
काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वालेन्द्र शाह नेतृत्वको सरकारले ६ महिना पूरा गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आङ्देम्बेले बलियो सरकार खोजेका जनताले कमजोर शासन भोग्नुपरेको बताए।
