संसद्को चालु अधिवेशन अन्त्य
काठमाण्डु– संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले सरकारको सिफारिसमा संसद्अधिवेशन अन्त्य गरिएको जनाएका हुन्।
