अनेक समस्या भोग्दै भुटानी शरणार्थी, समस्या समाधान गरिदिन तीनै तहका सरकारसँग गुहार
दमक- झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालमा रहेका भुटानी शरणार्थीका समस्या समाधानका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दमकमा आयोजित ‘भुटानी नागरिकको समस्या तथा समाधानसम्बन्धी एकदिने अन्तरक्रिया’ कार्यक्रममा बोल्दै पोखरेलले स्थानीय स्तरबाट सम्बोधन गर्न सकिने समस्या पहिचान गरी आवश्यक पहल गर्ने बताए।
