रास्वपा सांसद्को नोटबन्दी गर्ने प्रस्तावमा नेकपाको पूर्ण समर्थन
काठमाण्डु– नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्नको लागि सरकार सँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले राखेको नोटबन्दीको मागलाई समर्थन गर्दै दुलालले अविलम्ब पुराना नोट बन्द गर्न माग गरेका हुन् ।
