सिँचाइका डीजी रजौरिया र सुनकोशी मरिणका प्रमुख रिजाल रिहा
काठमाण्डु– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्। आवश्यक सोधपुछ तथा अनुसन्धानपछि शुक्रबार दुवै जनालाई रिहा गरिएको हो । रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखका रूपमा कार्यरत छन्। बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाण्डु पठाएको थियो।
