पत्रकार पक्राउबारे सत्तारूढ रास्वपाले माग्यो आफ्नै सरकारसँग जवाफ
काठमाण्डु- विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै सरकारसँग जवाफ मागेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकार पक्राउसम्बन्धी समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबारे स्पष्ट पार्न वालेन्द्र शाह नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन्।
