वरिष्ठ पत्रकार हरिबहादुर थापाको विश्लेषण : रास्वपा र सरकारबीचको सम्बन्धमा गम्भीर समस्या आइसकेको छ
काठमाण्डु– वरिष्ठ पत्रकार हरिबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको आन्तरिक द्वन्द्वको मारमा सञ्चारमाध्यम र पत्रकारहरू परेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीचको मतभेदका कारण राज्यका निकायबाट पत्रकारमाथि धरपकड भएको उनको विश्लेषण छ।
