वर्षासँगै मनकामना केबलकारको पहुँचमार्गमा पहिरो, सेवा भने नियमित
काठमाडौं। निरन्तरको वर्षासँगै पहिरो खसेपछि मनकामना केबलकार पुग्ने पहुँचमार्ग प्रभावित भएको छ। पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेपछि सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न समस्या भएको हो। मनकामना केबलकारका अनुसार अहिले यात्रुले वैकल्पिक स्थानमा सवारी पार्किङ गरी केही दूरी पैदल हिँडेर केबलकारसम्म पुग्नुपर्ने अवस्था छ।
