एनपीएलमा १ अर्ब ५० करोडको कारोबार हुने, विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो। यसपटक उपाधि जित्ने टोलीले गत संस्करणको तुलनामा ४० लाख रुपैयाँ बढी पुरस्कार पाउनेछ।
