एनपिएल क्रिकेटः सुदूरपश्चिममाथि लुम्बिनीको जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो ।
