SHARE
लोक पथ · आइबार​ ११ असो २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

दसैँमा होण्डा बाइक किन्दै हुनुहुन्छ ? यस्तो छ कम्पनीको अफर

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालीहरुको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘यो दसैँ, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत होण्डाका नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन् ।