बस्ती नजिकै पाटेबाघ देखिएपछि धपाउन दुई हात्ती परिचालन
महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा बस्ती नजिकै पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन दुई वटा हात्ती परिचालन गरेको छ । विगत चार–पाँच दिनदेखि उक्त क्षेत्रमा पाटेबाघ देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए ।
