भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते
काठमाडौं । चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् परियोजनाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सरकारी अधिकारीका अनुसार शुक्रबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरी चौकी, सरकारी कार्यालय तथा जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनीसमेत गरेका छन् ।
