SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

भोलिदेखि एनपीएल सुरु, विजेताले पाउनेछ डेढ करोड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकम सार्वजनिक गरेको हो । तेस्रो संस्करणको एनपीएल भोलि सोबार देखि सुरु हुँदैछ ।