कर्णाली याक्समा मार्क वाटको इन्ट्री, एनपीएल खेल्न नेपाल आए
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका अलराउन्डर मार्क वाट नेपाल आइपुगेका छन् । ३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए ।
