एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्यो ।
