संघीय संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता
काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका विभिन्न समितिमा २४ वटा विधेयक छलफलका क्रममा छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबैभन्दा धेरै पाँचवटा विधेयक विचाराधीन छन् ।
