बाढीले सप्तरीका ५ सय घर डुबानमा, तिनाउको बाढीले दुई घर बगायो
काठमाण्डु – लगातारको वर्षाका कारण सप्तरीमा ५ सय घर डुबानमा परेका छन्। जिल्लाको हनुमाननगर, कङ्कालिनी, तिलाठी, कोइलाडीसहितका स्थानमा आएको बाढीका कारण ५ सय घर डुबानमा परेका छन्। घरहरु डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
