न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया
न्यूयोर्क– परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोड्नुपर्ने बताए ।
