SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

सिक्किममा भीषण पहिरो, रिम्बी गाउँका २० भन्दा बढी घर बगायाे

काठमाण्डु-भारी वर्षाका कारण बिहीबार राति सिक्किमको ग्याल्सिङ जिल्लास्थित रिम्बी गाउँमा भीषण पहिरो गएको छ । पहिरो जाँदा २० भन्दा बढी घर बगाएको भारतीयसञ्चारमाध्यले जनाएका छन् । पहिरोमा सरकारी आवाससहित केही घर पूर्ण रूपमा भत्किएका छन् । घटनामा मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी