नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन बन्द
चितवन । चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
