सदनमा उपस्थिति अनिवार्य बनाउन रास्वपाले बनायो समूहगत तालिका
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई तोकिएका दिनमा अनिवार्य रूपमा संसद् बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्।
