साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरणः सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
