SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

आर्कटिकमा अमेरिकाको सैन्य उपस्थिति विस्तारः अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच नयाँ सुरक्षा सम्झौता

एजेन्सी । संयुक्त राज्य अमेरिका, डेनमार्क र ग्रिनल्याण्डले आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने उद्देश्यले एक महत्त्वपूर्ण त्रिपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा भएको यो सम्झौताले रणनीतिक रूपमा संवेदनशील ग्रिनल्याण्डमा अमेरिकी सैन्य पहुँचलाई थप फराकिलो बनाएको छ ।