SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउन विज्ञहरूको सुझाव

काठमाडौं । नेपालमा पठन संस्कृति हराउँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको पुस्तकालय नीति मस्यौदामाथिको छलफलमा सरोकारवालाहरुले पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।