ट्राफिक प्रहरीको समयमै सचेतताले जोगियो तीन जनाको ज्यानः दुर्घटनाको केही सेकेण्डअघि सुरक्षित स्थानमा सरे परिवार
एजेन्सी । चीनको पूर्वी प्रान्त आन्हुइको हेफेइस्थित राजमार्गमा गाडी बिग्रिएर अलपत्र परेको एक परिवार ट्राफिक प्रहरीको समयमै पाएको निर्देशनका कारण मृत्युको मुखबाट जोगिएको छ । ट्राफिक प्रहरीले परिवारलाई गाडीबाट निस्केर सुरक्षा घेरा (गार्डरेल) बाहिर जान ताकेता गरेको १० सेकेण्डमै उनीहरूको गाडीलाई एउटा ट्रकले ठक्कर दिएको थियो ।
