SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

नेपालले राष्ट्रसंघको महासभामा रसुवा बाढीलाई ‘जलवायुजन्य चरम विपद्को घटना’ का रूपमा प्रस्तुत गर्ने

काठमाडौं । सरकारले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो बताएका हुन् ।