जापानमा शक्तिशाली आँधी : प्रतिघण्टा १३० किलोमिटरको हुरी चल्दा ४ जनाको मृत्यु
काठमाण्डु– शक्तिशाली आँधी डुजुआनले टोकियोसहित जापानका आसपासका प्रिफेक्चरमा भारी वर्षा र तीव्र हावाहुरी ल्याउँदा कम्तीमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीका कारण करिब ५० हजार घरपरिवार विद्युत् सेवाबाट प्रभावित भएका छन् भने सयौँ उडान स्थगित गरिएका छन्।
