नेप्सेमा आजदेखि नियमित कारोबार हुने
काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको नेप्सेले जनाएको छ। प्राविधिक समस्या समाधान भएसँगै आज २०८३ असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत रूपमा कारोबार सञ्चालन हुने नेप्सेले जानकारी दिएको छ।
