बाढी प्रभावित बालबालिकाका लागि चीनले दियाे एक करोड १० लाख सहयोग
काठमाण्डु– चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
